श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

काभ्रेको बेथानचोक गाउँपालिकामा आज सार्वजनिक बिदा



काठमाडौं । मंगलबार साँझ १८ जनाको मृत्यु हुने गरी बस दुर्घटना भएको शोकमा काभ्रेको बेथानचोक गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । बस दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति दुख व्यक्त गर्दै गाउँपालिकाले सार्वजनिक बिदा निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आज विज्ञप्ति मार्फत सार्वजनिक बिदा दिने निर्णय भएको जनाएका छन् । उनले विज्ञप्ति मार्फत सम्पूर्ण दिवंगत आत्माको चिर शान्तिको कामनासहित घाईतहरूको शिघ्र स्वास्थ्य लाभको कामनाको लागि शोक बिदा दिएको उल्लेख गरेका छन् ।

गाउँपालिका भित्रको सरकारी कार्यालयहरू, सरकारी गैरसरकारी संघरसंस्थाहरू र विद्यालयहरूलाई शोक व्यक्त गर्दै बिदा दिन अध्यक्ष अधिकारीले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ११ : ३१ बजे