चैत्र १९, २०७९ आइतबार Sun Apr 2 2023

प्रचण्डद्वारा काभ्रेमा भएको बस दुर्घटनाप्रति शोक व्यक्त



काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा प्रति नेकपा माओवादी अध्यक्ष प्रचण्डले सोक व्यक्त गरेका छन् । उक्त दुर्घटनामा परी निधन भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै प्रचण्डले दुर्घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बढ्दो सवारी दुर्घटना रोक्न सबैको सामूहिक पहल गर्नुपर्नेमा पनि प्रचण्डले जोड दिएका छन् ।

सो दुर्घटनमामा परि ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ रहेका छन् ।

त्यस्तै बनेपा नपा–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नपा–१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नपा–११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक गाउँपालिका–५ की ३२ वर्षीया मञ्जु तामाङको पनि सो बस दुर्घटनामा मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ११ : २३ बजे