चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

गाउँपालिका महासंघको पदमा दलले यसरी गरे भागबन्डा



काठमाडौं । गाउँपालिका महासंघको हालै सम्पन्न महाधिवेशनमा प्रमुख दलहरुले पदीय भागबन्डा गरेका छन् । कार्यसमितिको प्रमुख पदहरुमा भागबन्डा गरी दलहरुले नयाँ समितिको निर्माण गरेका हुन् ।

प्राप्त जानकारी अनुसार महासंघको अध्यक्षमा नेपाली कांग्रेसबाट नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा निर्वाचित भएकी छिन् ।

काठमाडौंमा सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट पाण्डे ५ वर्षको लागि अध्यक्षमा निर्वाचित भएकी हुन् । नयाँ नेतृत्वका लागि राजनीतिक दलहरुले भागबन्डा गरेका थिए ।

स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले महासंघको अध्यक्षमा पाण्डेलाई पठाएको हो । यस्तै उपाध्यक्षमा कांग्रेसकै जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही छानिएका छन् ।

त्यस्तै नेकपा एमालले महासचिव, सचिव र ७ जना सदस्य पाएको छ । महासचिवमा एमालेको तर्फबाट स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा चयन भएका हुन् ।

त्यस्तै सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार निर्वाचित भएकी छन् । कोषाध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट चयन भएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ९ : २२ बजे