चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

पालिका स्तरीय भलिबल प्रतियोगिता सुरु



बैतडी । बैतडीमा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका ५ मा रहेको दशरथचन्द खेलमैदान सुन्दरखालीमा उक्त भलिबल प्रयतोगिता सुरु भएको हो।

तेजबहादुर चन्द स्मृति ट्रस्टको आयोजनामा सञ्चालनमा रहेको प्रतियोगितामा आयोजकसहित बैतडीका ९ वटा स्थानीय तहले सहभागिता जनाएका छन्। भलिबल खेलमा एक पालिकाबाट एक टिमको सहभागिता रहेको छ । आयोजकसहित ९ वटा स्थानीय तहको गरी १० टोलीको सहभागिता रहेको छ। आज पहिलो दिन तीनवटा खेलहरू सम्पन्न भएका छन्। आयोजक र सुर्नयाबीच भएको पहिलो खेलमा आयोजकले जित हात पारेको छ।

दोस्रो खेल दशरनचन्द नगरपालिका र पुर्चोडी नगरपालिकाबीच भएको खेलमा दशरथचन्द नगरपालिकाले जितेको छ।त्यसैगरी आजको अन्तिम तथा तेस्रो खेलमा पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकाबीच भएको खेलमा सिगासले जितेको छ।

खेलाडीको व्याक्तित्व विकास र भलिबल क्षेत्रको विकासका लागि भलिबल प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ।प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख २५ हजार र ट्रफी, दोस्रो हुनेलाई नगद ७५ हजार र ट्रफी तथा तेस्रो हुनेलाई नगद ३५ हजार र ट्रफी वितरण गरिने ट्रष्टले जनाएको छ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ७ : ५२ बजे