चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

चन्द्रनगर गाउँपालिकाद्वारा बालविवाह अन्त्य र उच्च शिक्षामा छोरीको पहुँचबृद्धि अभियान सञ्चालन



काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालविवाह अन्त्य र उच्च शिक्षामा छोरीको पहुँचबृद्धि गर्ने अभियान सञ्चालनमा ल्याएको छ । गााउँपालिकाले बाल विवाह अन्त्य र उच्च शिक्षामा छोरीको पहुँच वृद्धि गर्ने उद्देश्यले यो अभियानलाई अगाडि बढाएको हो ।

गाउँपालिकाकाले कक्षा १२ पास गरी २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्ने अभियान ल्याएर छोरीलाई प्रोत्साहन र सम्मान उद्देश्यले सो योजना ल्याइएको हो । उक्त योजना अनुसार ५० हजार अनुदान सहयोग गर्ने अभियान ल्याइएको हो ।

स्नातक अध्ययन गर्ने छोरीलाई प्रोत्साहन स्वरुप एकमुष्ट ११ हजार अनुदान सहयोग गर्ने पनि गाउँपालिकाले जनाएको छ । पछिल्लो समय बालविवाह र दाइजो प्रथाले महिलामाथि अपहेलना भइरहेको बेला सर्लाहीको चन्द्रनगर गाउँपालिकाले भने

छोरीलाई लक्षित गरी बालविवाह अन्त्य र छोरीलाई शिक्षामा पहुँच अन्तर्गत ल्याएको यो योजनाले सकारात्मक सन्देश प्रवाह गरेको छ । गाउँपालिकाले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ सकारात्मक ढंगले अगाडि बढाउने जनाएको छ ।+

गाउँपालिकाले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ सकारात्मक ढंगले अगाडि बढाउने जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १२ : ०९ बजे