चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

मुसहर महिलाद्वारा लैङ्गिक हिंसाविरुद्ध अभियान सञ्चालन



काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मुसहर समुदायका महिलाहरुले लैङ्गिक हिंसाविरुद्धको अभियान थालेका छन् । उनीहरुले नेपालमा हुने गरेको लैङ्गिक हिंसाविरुद्ध विभिन्न चेतनामुलक कार्यक्रमहरु लिएर पहिलो पटक १६ दिने अभियान चलाएका हुन् ।

उक्त चेतनामुलक अभियानमा -याली, गोष्ठी, अन्तरक्रिया, जागरुकता लगायतका कार्यक्रम सञ्चालन गरेका छन् । कार्यक्रमले ओझेलमा परेका मुसहर समुदायका महिलाहरुमा चेतना फैलाउने उद्देश्यले लैङ्गिक हिंसाविरुद्ध अभियान चलाइएको हो ।

मुसहर समुदायका महिलाहरुले लैङ्गिक हिंसाविरुद्ध अभियान चलाएको यो पहिलो पटक हो । यस्ता चेतनामुलक अभियानले लंङ्गिक हिंसा कम हुने र मुसहर महिलामा आत्मानिर्भरता बढाउने क्षमता विकास हुने जनाइएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १ : १३ बजे