श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

पूर्ण खोप सुनिश्चितता घोषणामा खार्पुनाथ गाउँपालिका



काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । खार्पुनाथ पूर्ण खोप सुनिश्चितता घोषणा भएको जिल्लाकै पहिलो पालिका हो । जिल्लामा सात गाउँपालिका छन् ।

स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषित गरिएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सबै स्वास्थ्य संस्थाले पाँचवटै वडाका बस्तीमा बालबालिकालाई खोप लगाउने कार्य पूरा भएपछि खार्पुनाथलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको हो ।

गाउँपालिकाभरिका खोप लगाउने सबै उमेर समूहका बालबालिकाले खोप लगाएपछि गाउँपालिकाले धेरै तह पार गर्दै बुधबार पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १० : १८ बजे