जेष्ठ ६, २०८१ आइतबार Sun May 19 2024

नेपाल टेलिकमको ब्रान्ड एम्बास्डरमा पारस खड्का र प्रियंका रानी जोशी नियुक्त



काठमाडौं । नेपाल टेलिकमको ब्रान्ड एम्बास्डरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र मिस नेपाल वर्ल्ड २०२२ प्रियंका रानी जोशी नियुक्त भएका छन् । बुधबार आयोजित एक कार्यक्रममा कम्पनी र दुवै नवनियुक्त ब्रान्ड एम्बास्डरबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सो अवसरमा बोल्दै टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले खड्का र जोशीसँग भविष्यमा थप व्यावसायिक सहकार्य गर्न सकिने भनाइ राखे । ब्राण्ड एम्बास्डरमध्ये पारस खड्कासँग २०७९ पुस १ गतेदेखि एक वर्षको लागि र प्रियंका रानी जोशीसँग अर्को मिस नेपाल छनोट हुने अवधिसम्मका लागि सम्झौता गरिएको हो ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १० : १२ बजे