३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

भक्तपुर आयुर्वेद स्वास्थ्य केन्द्रले आयुर्वेद अस्पताल निर्माण गर्ने



भक्तपुर । भक्तपुरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयुर्वेद अस्पताल निर्माण गर्ने भएको छ। अस्पतालका लागि जिल्लाका दुईवटा नगरपालिकामा जग्गा खोजी सुरु भएको छ।

उक्त अस्पताल निर्माण गर्न जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले योजना बनाएको हो। जिल्लावासीलाई आयुर्वेद उपचार पद्धतिबाट उपचार गरी स्वास्थ्य जीवनशैलिमा सहयोग गर्न योजना बनाइएको केन्द्रका प्रमुख आयर्वेद चिकित्सक डा नरेन्द्रप्रसाद गिरीले बताए। केन्द्रले वार्षिक १४ हजार बिरामीलाई सेवा दिँदै आएको छ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ८ : ५९ बजे