चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

कपिलवस्तुका न्यायाधीश गिरीमाथि बलात्कारको आरोप



काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप लागेको छ । आफूलाई बन्धक बनाएर यौन शोषण गरेको भन्दै एक महिलाले न्यायाधीश गिरीमाथि बलात्कारको लगाएका हुन् ।

ती महिलाले बलात्कारको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको छ । पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् ।

तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिइन् । दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न निर्देशन दिदै पत्र पठाएका थिए । मानव अधिकार आयोगले त न्यायपरिषदलाई समेत उजुरी र पत्रको बोधार्थ पठाएको थियो ।

मानव अधिकार आयोगका अनुसार, उजुरीमा न्यायधीश गिरीमाथि पीडित महिलालाई करिब ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरिरहेको आरोप छ । महिला आयोगका अनुसार, पीडित महिला ०७५ देखि नै न्यायाधीशसंग थिइन् ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ३ : ५९ बजे