चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

चन्द्रनगरमा मनाइयाे स्वयंमसेविका दिवस



सर्लाही – सर्लाहीको चन्द्रनगर गााउँपालिकामा पहिलो पटक महिला सामुदायिक स्वास्थ्य स्वमसेविका दिवस मनाईएको छ ।

महिला स्वास्थ्य स्वमसेविकाको सेवालाई कदर र सम्मान स्वरुप विगत १९ वर्ष देखि देशव्यापी रुपमा प्रत्येक वर्ष आयोजना गरिदै आएको यो दिवस यस चन्द्रनगर गाउँपालिकामा स्थानीय सरकारले पहिलो पटक आयोजना गरेका हो ।
सरकारले हरेक वर्ष यो कार्यक्रमलाइ निरन्तरता दिदै आए पनि चन्द्रनगर गाउँपालिका ले भने यो कार्यक्रमलाइ पहिलो पटक मनाएको हो ।
कार्यक्रममा सहभागि कुल ५६ जना स्वयंमसेविकाहरूलाइ तिन समुहमा बिभाजन गरि हाजिरी जवाफ प्रतियोगिता समेत खेलाइएको थियो । प्रतियोगितामा उत्कृष्ठ समुहलाइ नगद तथा प्रमाणपत्रबाट सम्मान गरिएको अध्यक्ष राजकुमार महतोले बताउनु भयो । विशेषगरि समाजमा आमसमुदायको स्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने स्वयंमसेविकाहरुलाइ स्वास्थ्य सम्बन्धी विषयमा हाजिरीजवाफ गराई नेपालकै नमुना कार्य गरेको नागरिक अगुवाहरुले बताएका छन ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ८ : ३३ बजे