श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

नवनिर्वाचित सांसद रवि लामिछानेको नागरिकता छानबिन गर्न प्रहरीलाई निर्देशन



काठमाडौं । मंसिर ४ गतेको निर्वाचनको तयारीमा मौन अवधि सुरु हुन लागेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताका बारेमा परेको उजुरीमा नेपालको प्रशासन बल्ल तातेको छ । चितवनको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद समेत रहेको लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरी परिसर काठमाडौंलाई आज बल्ल निर्देशन दिएको छ ।

लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवाद अनुसन्धान गर्न पत्र आएको र कानुनी प्रक्रिया सुरु गरिएको परिसरका प्रवक्ता दिनेशराज मैनालीको भनाइ रहेको छ ।

नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेका रविले अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता प्राप्त नगरेको भन्दै आयोगमा उजुरी परेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ३ : १० बजे