श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

खानेपानी आयोजनाको समस्या समाधानका लागि सिंहको प्रतिबद्ध



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले डेढ वर्षअघिको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

मेलम्चीको आयोजनास्थल सिन्धुपाल्चोक पुगेका सिंहले कांग्रेसकै नेतृत्वको सरकार रहेकाले यसलाई गति दिएर काठमाडौंमा पानी लैजानुपर्ने बताए । ‘परियोजनालाई चाँडोभन्दा चाँडो टुंगोमा पुर्याउन निरन्तर चासो दिन्छौँ। यहाँको स्थलगत निरीक्षण गरिसकेपछि जुन तस्बिर हामीले सोचेका थियौँ त्यो भन्दा फरक पाएँ,’ उनले भने ।

उनले चुनावका बेला जहिले पनि काठमाडौंबासीले पानी कहिले खुवाउँछौँ भनेर सोध्ने गरेको बताए ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  १० : २१ बजे