४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

प्रज्ञा प्रतिष्ठानमा आजदेखि पुस्तक प्रदर्शनी



काठमाडौं। नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी सुरु गर्दैछ। प्रतिष्ठानको भानुभक्त कक्षमा बिहीबारदेखि पुस्तक प्रदर्शनी हुनेछ।

प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ को मंसिरसम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राख्ने प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुंगेलले जानकारी दिए। तीनदेखि दुई हजार ७० रुपैयाँसम्मका पुस्तक प्रदर्शनीमा राखिनेछ।

प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद, दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक लगायत प्रज्ञाबाट प्रकाशित पत्रिका जर्नल पनि बिक्रीका लागि राख्ने ढुंगेलले बताए।

नेपाली बृहत् शब्दकोश, प्रज्ञा नेपाली अङ्गेजी शब्दकोशलगायत शब्दकोशमा १५ प्रतिशत छुट दिने बताइएको छ। प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको उनले जानकारी दिए।

प्रज्ञाले वर्षमा कम्तीमा तीनपटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ। पृथ्वी जयन्तीको अवसर पारेर पुस महिना, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असार महिनामा प्रदर्शनी आयोजना हुने गरेको छ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  १० : २८ बजे