२९ श्रावण २०८३, शुक्रबार Fri Aug 14 2026

मन्त्री कार्कीको अग्रता कायमै



काठमाडौं । सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायम गरेका छन्। उनले ३१मतले अग्रता कायम गरेका हुन्।

उनले ३० हजार १७० मत प्राप्त गरेका छन् । यसैगरी, नेकपा (एमाले) का उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार १३९ मत प्राप्त गरेका छन्। अब ७५८मत गर्न बाँकी रहेको जानकारी निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  १० : २१ बजे