बैशाख ११, २०८१ मंगलबार Wed Apr 24 2024

उदयपुर १ मा कांग्रेसका खड्का विजयी



काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार सार्वजनिक अन्तिम मतपरिणाममा उदयपुर(१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार परराष्ट्रमन्त्री नारायण खड्का विजयी भएका छन् । एमालेकी मन्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै खड्काले चौथो पटक प्रतिनिधिसभा सदस्य जितेका हुन् ।

उदयपुर(१ मा खड्काले ०६४ यता लगातार जित्दै आएका छन् । खड्काले ३१ हजार २७० मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी चौधरीले २८ हजार ८९१ मत प्राप्त गरिन् ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  २ : ४० बजे