बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

वास्तविक सुकुम्बासीप्रति मेयर साह संवेदनशील हुनुपर्छ : पूर्वअर्थमन्त्री लोहनी



काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले सहरमा सुकुम्बासी समस्याप्रति मेयर बालेन्द्र साह संवेदनशील हुनुपर्ने बताएका छन् । सहरका सुकुम्बासीको समस्याबारे मेयरबाट कानुनको पालना हुनुपर्ने र वास्तविक सुकुम्बासीप्रति संवेदनशीलता देखाउनु आवश्यक भएको उनले बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, अचानक जाडोमा डोजर चलाएर परिवारको बिजोग गर्नु अगाडी नगरपालिका र संघीय सरकारले वास्तविक सुकुम्बासी पहचान गरेर उनीहरूसँग के कस्ता संवाद गर्‍यो भन्ने नगरबासी लाई बुझाउनु जरुरी छ।ु

उनले साथसाथै मेयर बालेन्द्र शाहको तारिफ समेत गरेका छन् । उनले भने, काठमाडौंको मेयर बालेन्द्र जीको आजसम्मको कामको जनता ले प्रशंसा गरेका छन्। काठमाडौंको मेयरमा एउटा पक्का इमान्दार, पैसामा लोभ न राख्ने र केहि सकारात्मक काम गरु भन्ने पढे लेखेको नेता पाएको जनतामा छाप छ ।ु

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ५ : ०३ बजे