बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

सुनसरी–३ मा एमालेकी भगवती चौधरी विजयी



काठमाडौं । सुनसरीको क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)की भगवती चौधरी निर्वाचित भएकी छन् । ४ हजार १ सय ३४ मत गन्न बाँकी रहँदा चौधरीको जित निश्चित भएको हो ।

पछिल्लो ताजा मतगणना अनुसार चौधरीले ३९ हजार २९७ मत पाएकी छन्, भने कांग्रेसका गच्छदारले ३३ हजार ८६३ मत पाएका छन् । चौधरी र गच्छदारबीच ५ हजार ४३४ मतको अन्तर रहेको छ ।

त्यसोत, वि.सं. २०७० सालको निर्वाचनदेखि चौधरी कांग्रेसका गच्छदारसँग निरन्तर पराजित हुँदै आएकी थिइन् । दोस्रो संविधानसभाको निर्वाचनमा चौधरी ३ सय ६२ मतले गच्छदारसँग पराजित भएकी थिइन्, भने २०७४ मा उनी ३ सय २१ मतान्तरले पराजित भएकी थिइन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ४ : ५४ बजे