चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

सुकुम्बासी समस्या दीर्घकालीन रुपमा समाधान गर्नुपर्छ : भुसाल



काठमाडौं । पुर्वउर्जामन्त्री पम्फा भुसालले सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त नभएको बताएकी छिन् । उनले सामाजिकसञ्जालामार्फत यस्तो बताएकी हुन् । उनले भूमि आयोगले काम गरिरहेको बेला उनीहरुमाथि बल प्रयोग गर्नु उचित नभएको बताइन् ।

सोमबार थापाथलीस्थित काठमाडौं महानरगले जग्गा अतिक्रमण गरेर बसेका सुकुम्बासीमाथि डोजर चलाइएको थियो । महानगरले सो बस्ती हटाउन डोजर चलाउँदै गर्दा ढुङ्गामुढा र धारिलो हातहरियारसहित उनीहरु मेयर बालेनविरुद्ध सडकमा उत्रिएका थिए । त्यसक्रममा त्यहाँ तनावग्रस्तस्थिति सिर्जना भएको थियो ।

त्यहाँ महानगरका २५ भन्दाबढी नगरप्रहरी घाइते भएका थिए । महानगरले अल्टिमेटम सूचना गरिरहँदा पनि उनीहरुले नमान्ने र अटेरी गरेपछि डोजर चलाउन बाध्य भएको समाचारस्रोतमा बताइएको छ । त्यस्तै भुसालले भनिनु, सुकुम्बासीको दिनर्घकालीन रुपमा समास्याको समाधान गर्नुपर्छ ।’

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १ : ४३ बजे