बैशाख १२, २०८१ बुधबार Thu Apr 25 2024

सुकुम्बासीले प्रतिकार गर्दा नगर प्रहरी घाइते, घरेलु हतियारसमेत प्रदर्शन



काठमाडौं । काठमाडौंको सुकुम्बासी बस्तीमा काठमाडौंको महानगरपालिकाले हस्तक्षेप गर्न खोजेपछि तनावग्रस्त बनेको छ । बस्ती हटाउन त्यहाँ गएका महानगरका २५ भन्दा प्रहरीहरु सुकुम्बासीहरुको आक्रमणको कारण घाइते भएका छन् । घाइते हुनेमा नगर प्रहरीका एसपी राजुनाथ पाण्डे समेत रहेका छन् ।

समाचार स्रोतकाअनुसार सुकुम्बासी बस्तीवासीहरु आफ्ना लत्ता कपडा र भाँडाकुँडाहरु बाहिर निकालेर नगर प्रहरीको प्रतिकार गरिरहेका छन् । सडकमा टायर बालिएको छ । प्रतिकारका लागि उनीहरुले घरेलु हतियारसमेत बोकेका छन् । काठमाडौं

महानगरपालिकाले डोजरसहित करिब ३०० नगर प्रहरी परिचालित गरी सुकुम्वासी बस्ती हटाउन लागेको थियो । तर त्यसरी सम्भव नभएपछि अहिले सो क्षेत्रमा सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटाइएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ४ : ३२ बजे