चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

लालवीर चौधरीले गरे शर्तसहित सरकारमा जाने घोषणा



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सल्लाहकार एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लालवीर चौधरीले शर्तसहित सरकारमा जाने घोषणा गरेका छन् । उनको छोरा रेशम चौधरीलगायत सात जना राजबन्दीलाई रिहाइ गर्नुपर्ने पहिलो शर्त रहेको छ । उनी स्वतन्त्रबाट प्रतिनिधिसभामा नवनिर्वाचित सांसद हुन् ।

यसबाहेक पहिचानका मुद्दासहितका सर्तहरू सरकारले पालना गरे मन्त्रीमण्डलमा सहभागी हुन सकिने उनले बताएका छन् । उनले समानुपातिकतर्फको मतगणना सकिएपछि बैठक बस्ने र त्यसबारे निर्णय गर्ने बताएका छन् । उनले गठबन्धनबाट उम्मेदवार भएका माओवादी केन्द्रका सुरेश पन्थलाई पराजित गरेका थिए ।

नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभामा कैलालीबाट तीन जना प्रतिनिधिसभामा निर्वाचित भएका छन् । बर्दियामा रहेका दुई निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभामा दुई जना सदस्य निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ४ : ०० बजे