श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

देश सहि दिशातर्फ उन्मूख हुन शासकीय प्रणालीमा सुधार हुन आवश्यक छ : भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं हेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले देश सहि दिशातर्फ उन्मूख हुन शासकीय प्रणालीमा सुधार हुन आवश्यक भएको बताएका छन् । उनले शासकीय प्रणालीमा सुधार नभएसम्म देश गठबन्धनको राजनीतिबाटै गुज्रने स्पष्ट भएको बताए ।

४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आउनेक्रम जारी रहँदा र पुनः गठबन्धनबाटै सरकार बन्ने हुँदा अध्यक्ष डाक्टर भट्टराईले त्यसतर्फ संकेत गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारीको आवश्यकता झन् देखिएको बताएका हुन्।

उनले भूराजनीतिको व्यवस्थापन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास, समतामूलक समृद्धिको बाटो, सुशासन निम्ति संस्थागत सुधारजस्ता विषयमा बृहत् सहमति गरेर कार्यान्वयनमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्।

‘शासकीय प्रणालीमा सुधार नभएसम्म देश गठबन्धनको राजनीतिबाटै गुज्रने स्पष्ट भएको स्थितिमा यी मूल विषयमा बृहत् सहमति गरेर कार्यान्वयनमा प्रतिस्पर्धा गर्ने किः १. भूराजनीतिको व्यवस्थापन २. संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास ३. समतामूलक समृद्धिको बाटो ४. सुशासननिम्ति संस्थागत सुधार।’ अध्यक्ष डाक्टर भट्टराईले ट्वीटमा भनेका छन्।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : १० बजे