बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

मेचीनगरका जनप्रतिनिधिको सक्रियतामा सडक कालोपत्रे शुरु



काठमाडौं । झापाको मेचीनगर नगरपालिकाले नगरभित्रका सडकहरूलाई स्तरोन्नतीका लागि धमाधम कालोपत्रे गर्न थालेको छ । नगरपालिकाको बजेटबाट प्रत्येक वडामा कम्तिमा २ किलोमिटर कालोपत्रे सडक बनाउने योजना थालेको थियो ।

सोहि योजनाअनुसार नगरपालिकाले वडा नम्बर ८ स्थित दुर्गा मन्दिर पश्चिम निन्दा बाँधसम्मको बाटो कालोपत्रे गर्ने कार्य निरन्तर भइरहेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जनाएका छन् ।

आफुहरूले यस बाटोको प्रत्यक्ष निगरानी गर्नुका साथै समय समयमा अनुगमन समेत गरिरहेको बताउँदै नगर प्रमुख बुढाथोकीले अब चाडैं नै यस बाटोमा कालेपत्रे लगाउने कार्य सम्पन्न हुने बताए ।

नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, १ नम्वर प्रदेश सभाका निवर्तमान प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर ८ का वडाध्यक्ष गिरिराज धमलालगायतको टोलीले आईतवार विहान स्थलगत अनुगमन गरेको छ ।

त्यस क्रममा नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेतीले कामको गुणस्तरका विषयमा नगरको प्राविधिक तथा निर्माण कम्पनिसँग जानकारी लिदैँ कामको गुणस्तरमा ध्यान दिन निर्देशन दिए ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ४ : १० बजे