श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

नवनिर्वाचित सांसद शर्माद्वारा निःशुल्क क्याविन सेवा शुरु



काठमाडौं । मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. सुनिल शर्माले निःशुल्क क्याविन सेवा शुरु गरेका छन् । उनले नोबेल मेडिकल कलेज विराटनगरमा ५० बेडको निःशुल्क क्याविन सेवा सुरु गरेका हुन् ।

चुनावी अभियानका क्रममा डा. शर्माले आफूले मतदातासामु बोलेअनुसारको काम शुरु गरेका छन् । उनले आफूले चुनाव जिते ५० बेडको निःशुल्क क्याविन सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुसार क्याबिन सेवा शुरु गरेका छन् । यसरी शुरु गरिएको क्याबिन सेवामा मोरङ ३ का बिरामीको निःशुल्क उपचार हुने बताइएको छ । तर औषधि खर्च भने बिरामी आफैंले व्योहोर्नुपर्ने छ ।

डा. शर्मा विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौँको काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी एमाले उम्मेदवार भानुभक्त ढकालसँग पराजित भएका थिए । यो पटक भने शर्माले ढकाललाई भारी मतान्तरले पराजित गरी विजयी भएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ४ : ०२ बजे