बैशाख ६, २०८१ बिहिबार Fri Apr 19 2024

नुवाकोट–२ मा नेपाली कांग्रेसका केसी विजयी



काठमाडौं । नुवाकोट क्षेत्र नं। २ मा नेपाली कांग्रेसका अर्जुननरसिंह केसी विजयी भएका छन् । उनी २८ हजार १०७ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ ल्याए । नेकपा एमालेका नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ प्राप्त गरे ।

यसअघि २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग १० हजार मतान्तरले पराजित भएका केसी यो पटक खतिवडाभन्दा १२ हजार ५६४ मतान्तरले निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : ४६ बजे