बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

चित्रलेखालाई हराउँदै राजकिशोर विजयी



काठमाडौं । सिरहा–२ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित भएका छन् । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

उनले २४ हजार १७८ मत प्राप्त गर्दा चित्रलेखाले २३ हजार २८ मत पाइन् । उनीहरू बीचमा एक हजार एक सय ५० मतान्तर रहेको छ । त्यसैगरी जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार नौ सय दुई मत प्राप्त गरी तेस्रो भएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : ४३ बजे