जेष्ठ ५, २०८१ शनिबार Sat May 18 2024

सुनसरी–३ मा भगवती चौधरी अगाडि



काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा ३४ हजार मत गणना गर्दा नेकपा एमालेकी भगवती चौधरीले अग्रता कायम राखेकी छन्।

यहाँ ९२ हजार मत खसेमा अझै ५८ हजार गन्न बाँकी छ । जारी मतगणनामा अहिलेसम्म १४ हजार ६ सय २४ मतका साथ भगवती चौधरी पहिलो स्थानमा कायम छिन् भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका विजय गच्छदारले १० हजार ३ सय ३० मत प्राप्त गरेका छन् । उनीहरूको मतान्तर ४ हजार २ सय ९४ छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : ३६ बजे