बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

नेपाली उद्योगहरूका लागि अवैध आयात नियन्त्रण गर्नुपर्छ : अध्यक्ष अग्रवाल



काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली उद्योगहरूका लागि अवैध आयात समस्या भएको भन्दै यसको नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

आठौं राष्ट्रिय उद्योग दिवसको अवसरमा उद्योग विभागले आयोजना गरेको मुल समारोहमा उनले यस्तो बताएका हुन् ।

समारोहमा उनले अवैध आयात नियन्त्रण गर्नुपर्नेमा जोड दिए । त्यसका लागि बहुदर भ्याट प्रणाली लागू गर्नुपर्ने उनको भनाइ थियो ।

भारतले जिएसटी लगाउँदा केही अत्यावश्यक वस्तु नेपाली भन्दा भारतीय उत्पादन सस्तो भएको र सोही कारणले नेपालमा अवैध कारोबार बढ्दा उद्योगहरूलाई समस्या परेको बताए ।

त्यसरी वस्तु हेरेर बहुदर भ्याट प्रणाली लागू गरिनुपर्ने उनको सुझाव थियो।

उनले जग्गा किनेर उद्योग स्थापना गर्न सकिने अवस्था नभएको भन्दै घोषणा भएका ६ वटा औद्योगोगिक क्षेत्र निजी क्षेत्रलाई बनाउन दिन आग्रह गर्दै उनले निर्यातमा नगद अनुदान दिईएको वस्तुहरू बढाउनु पर्ने बताएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ३ : ३४ बजे