बैशाख १४, २०८१ शुक्रबार Sat Apr 27 2024

काभ्रे–२ मा गोकुल बाँस्कोटाको जित सुनिश्चित



काठमाडौं । काभ्रेको निर्वाचन क्षेत्र नं। २ मा नेकपा (एमाले)का उम्मेदवार गोकुल बाँस्कोटाले जित्ने निश्चित बनेको छ । पछिल्लो मतपरिणाम अनुसार प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ४ हजार ७२७ मतले पछि परिसकेका उनको जित लगभग निश्चित बनेको हो ।

अहिलेसम्म सम्म ९३ हजार ९९७ मतगणना हुँदा बाँस्कोटाले ४१ हजार ४४५ मत ल्याएका छन् भने कांग्रेसका हुमागाईंको ३६ हजार ७१८ मत रहेको छ ।

कुल मतदाता संख्या १ लाख ५७ हजार ४४२ जना रहेको यो क्षेत्रबाट मंसिर ४ गते सम्पन्न निर्वाचनमा एक लाख ३ हजार ३९१ मत खसेको थियो । अब नौ हजार १०३ मत गणना हुन बाँकी छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १० : ४० बजे