चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

झापा ३ मा राजेन्द्र लिङ्देन विजयी



काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनले प्रतिस्पर्धी कांग्रेसका नेता कृष्ण सिटौलालाई तीन हजार दुई सय ७६ मतान्तरले पराजित गरेका हुन् । प्रतिनिधिसभामा राप्रपाको यो चौथो जित पनि हो । यसअघि राप्रपाले मकवानपुर–१, बाँके२, जुम्लामा विजयी हासिल गरिसकेको छ ।

अध्यक्ष लिङ्देनले ४० हजार ६ सय ४८ मत पाएका छन् भने सिटौलाले ३७ हजार तीन सय ७२ मत पाएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ४ : २८ बजे