श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

चितवन क्षेत्र नम्बर २ मा फराकिलो मतान्तरसहित रवि लामिछानेको जित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट फराकिलो मतान्तरसहित निर्वाचन जितेका छन् । रवि ३४ हजार १७० मतान्तर कायम गर्दै विजयी भएका हुन् ।

लामिछानेले ४९ हजार २६१ मत ल्याएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाए ।

यस्तै, नेकपा ९एमाले०का कृष्णभक्त पखरेलको १४ हजार ६४९ मत पाएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १२ : ३१ बजे