काठमाडौं । सिन्धुली–१ मा नेपाली कांग्रेसका श्यामकुमार घिमिरे प्रतिनिधिसभा सदस्यमा भारी मतका साथ विजयी भएका छन् ।
घिमिरेले ३० हजार ३९१ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप कटुवाललाई घिमिरेले ४ हजार ८४५ मतले पराजित गरेका हुन् ।
एमालेका कटुवालले २५ हजार ५४६ मत प्राप्त गरेका छन् । २ हजार ६९२ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीकी मेनुका ठकुरी तेस्रो भइन् । राप्रपाका शालीग्राम माझी ९४० मतका साथ चौथो भए ।