५ बैशाख २०८३, शनिबार Sat Apr 18 2026

रामकुमारी झाक्रीले दिइन्, विष्ट बधाई र मतदातालाई धन्यवाद



काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार बनेकी रामकुमारी झाँक्रीले मतदातालाई धन्यवाद दिएकी छिन् । उनी गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका नेता गोकर्ण विष्टसँग पराजित भएकी थिइन् ।

उनले सोही क्षेत्रबाट विजयी एमालेका उम्मेदवार गोकर्ण विष्टलाई बधाई तथा शुभकामना पनि दिएकी छिन् । नेकपा एकीकृत समाजवादीकी नेत्रृ झाँक्रीले सामाजिक सञ्जालमार्फत आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिएकी हुन् ।

त्यसैले उनले गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित एमाले नेता गोकर्ण विष्टलाई पनि बधाई तथा शुभकामना दिएकी छिन् । नेत्रृ झाक्रीले निर्वाचितलाई वधाई र मतदातालाई धन्यवाद दिने क्रममा आफूले चुनावका बेला भोगेका आरोहअवरोहका बारेमा सामिाजक सञ्जालमार्फत यस्तो लेखेकी छिन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : ३४ बजे