श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

मानुषीले दिइन् मतदातालाई धन्यवाद, निर्वाचितलाई शुभकामना



काठमाडौं । काठमाडौैं क्षेत्र नं. ७ मा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी मानुषी यमी भट्टराईले मतदाताहरुलाई धन्यवाद दिएकी छिन् ।

उनले आफूसँग प्रतिस्पर्धा गरी विजयी भएका रास्वपाका उम्मेदवार गणेश पराजुली, प्रदेश सभातर्फका ७ (१) बाट निर्वाचित भएका लोकतान्त्रिक–वाम गठबन्धन (नेकपा–एस) का वसन्त मानन्धर र ७ (२) निर्वाचित भएका नेकपा एमालेका प्रकाश श्रेष्ठलाई बधाई तथा शुभकामना दिएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद, निर्वाचितलाई बधाई तथा शुभकामना दिएकी हुन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : १३ बजे