बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

झाँक्रीलाई जिताउन जिल्ला अध्यक्ष महतको राजीनामा



काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्री पराजित भएकी छिन् । उनलाई जिताउन नसकेको भन्दै जिल्ला अध्यक्षले राजीनामा दिएका छन् ।

एकीकृत समाजवादीका गुल्मी जिल्ला अध्यक्ष श्रीराम महतले झाँक्री पराजयको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष पदबाट राजीनामा दिएको बताएका छन् । झाँक्री एमाले उम्मेदवार गोकर्ण विष्टसँग पराजित भएकी हुन् ।

उनी पराजित भएलगत्तै अध्यक्ष महतले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा दिएको घोषणा गरेका हुन् । गुल्मी क्षेत्र नम्बर २ मा भएको पराजयको नैतिक जिम्मेवारी लिँदै पार्टी अध्यक्ष पदबाट राजीनामा गरेको जानकारी गराउँछु’ महतले जानकारी गराएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ५ : ५३ बजे