बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

सिन्धुली–२ मा माओवादी केन्द्रका दाहाल विजयी



काठमाडौं । सिन्धुली निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार लेखनाथ दाहाल (राजन) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी पाँच हजार आठ सय ३० मतान्तरले विजयी भएका हुन् ।

दाहालले २७ हजार पाँच सय १७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । दाहालका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मनोजजङ्ग थापाले २१ हजार छ सय ८७ मत प्राप्त गरेका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो भएका छन । । उनले एक हजार पाँच सय ५३ मत प्राप्त गरेका छन । राप्रपाका भीष्मराज श्रेष्ठ एक हजार तीन सय ४० मत प्राप्त गरेर चौथो भएका छन् । ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ३ : १२ बजे