चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

काठमाडौं -१ बाट कांग्रेसका प्रकाशमान सिंह विजयी



नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं(१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका छन् ।

सिंहले राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२८ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १४४ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १९ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाएका छन् । परिवर्तनको नारा दिएका उम्मेदवारहरू एक ठाउँ नहुँदाको फाइदा सिंहले उठाए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : ०७ बजे