बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

झापा–३ मा सिटौलालाई पछि पार्दै लिङ्देन धेरै मतले अगाडि



काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ झापा निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन निरन्तर अगाडि छन् ।

यहाँ अहिलेसम्म १० हजार २४८ मतगणना गरिएको छ । त्यसमध्ये उमेदवार लिङ्देनले पाँच हजार २७४ मत पाएका छन् । नेपाली कांग्रेसका उमेदवार कृष्णप्रसाद सिटौलाले तीन हजार ७८८ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर एक हजार ४८६ छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : ५२ बजे