बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

धादिङ र सल्यानमा एकीकृत समाजवादीको अग्रता



काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतगणनामा धादिङ र सल्यानमा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । धादिङमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले ६ सय मात गन्दा ३१९ मतसहित अग्रता कायम गरेका हुन् ।

नेकपा एमालेका भूमि पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

यस्तै सल्यानमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले समेत अग्रता कायम गरेका छन् । ज्वालाले ११ सय ७१ मत गन्दा ६३९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार राजेन्द्र शाहले ५३२ मत प्राप्त गरेका छन् । यस्तै एमालेका राजेन्द्रवीर रायले १४५ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनमा रहेको नेकपा एसलाई कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा लगायतको साथ छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : १३ बजे