श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

सप्तरी–२ मा सिके राउतको अग्रता



जनकपुर । सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका उम्मेदवार डा। चन्द्रकान्त राउत (सीके) तेब्बर मतले अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ को मतगणना जारी छ ।

राउतले दुई हजार ४०२ मत प्राप्त गरी अग्रता लिनुभएको छ भने जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले ७६८ र लोकतान्त्रि समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ५५० मत प्राप्त गरेका छन् ।

यसैगरी, २(१)मा जनमत पार्टीका सतिशकुमार सिंहले दुई हजार २०५, जसपाका शैलेन्द्रप्रसाद साहले ९८० र लोसपाका सरोजकुमार मण्डलले ९३६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै, २९२० मा जनमत पार्टीका महेशप्रसाद यादव एक हजार ४६७, नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादव ७०४ र जसपाका लक्ष्मण यादव ५१३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : ०९ बजे