श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

ललितपुर–३ मा गठबन्धनकी पम्फा तेश्रो, घण्टी तेस्रो स्थानमा



काठमाडौं । ललितपुरको क्षेत्र नं. ३ मा सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी नेकाि (माओवादी केन्द्र)की उम्मेदवार पम्फा भुसाल तेश्रो नं.मा रहेकी छिन् । नेकपा (एमाले)का उम्मेदवार अमृत खड्का पहिलो र राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की दोस्रो स्थानमा हुँदा भुसाल तेश्रो स्थानमा रहेकी हुन् ।

एक हजार मत गन्दा एमालेका खड्काले ४९७ मत,राष्ट्रिय स्वतन्त्र पार्टीकी कार्कीले २८६ मत र माओवादीकी भुसालले १०९ मत ल्याएकी छिन् । राप्रपा निरन्जन थापाले ४५ मत, नेमकिपाका निरज लबजुले २२ मत, हाम्रो नेपाली पार्टीका राजाराम दण्डुकार १६ मत ल्याएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : १८ बजे