श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

काठमाडौं–७ मा घण्टीकै अग्रता



काठमाडौंको निर्वाचन क्षेत्र नं. ७ राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीकै अग्रता कायम रहेको छ । हालसम्मको प्रारम्भिक मत परिणाम अनुसार घण्टी चुनाव चिन्हमा ३७५ मत परेको पाइएको छ भने नेकपा (एमाले)को चुनाव चिन्ह सुर्यमा ३०४ मत परेको छ ।

यहाँ तेश्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडामा २९० मत परेको छ । त्यस्तै हामी नेपाली पार्टीको लौरो चिन्हमा १०१ र राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो चुनाव चिन्हमा ८४ मत परेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : ०३ बजे