बैशाख ११, २०८१ मंगलबार Tue Apr 23 2024

काठमाडौं ७ मा मेरो जित सुनिश्चित छ : रामवीर मानन्धर




रामवीर मानन्धर, उम्मेदवार, काठमाडौं क्षेत्र नं. ७, स्वतन्त्र

समाजसेवा राजनीतिलाई एकैसाथ अगाडि बढाएका रामवीर मानन्धर चर्चित नेताका रुपमा परिचित छन् । काठमाडौंका स्थानीयवासीउनीकाठमाडौं क्षेत्र नं. ७ बाट प्रतिनिधिसभा सदस्यकालागि ‘घण्टाघर चुनावचिन्हलिएर चुनावीप्रतिस्पर्धामाउत्रिएका छन् । कुनै बेलाएमालेका चर्चित नेताभनेर चिनिने उनीयसपालिको निर्वाचनमाभने स्वतन्त्रबाट ‘घण्टाघर’ चिन्हलिएर उठेका हुन् । समाजसेवा र इमानको राजनीति गरेका कुनै भ्रष्टाचार, अनियमिततामा नमुछिएका रामवीर त्यस क्षेत्रकाजनतामाझ स्वच्छ छवि, समाजसेवी, जनताकाकाममा सधैं इमानदार पूर्वक लागिपर्ने विकास प्रेमिनेताका रुपमा स्थापित छन् । आफ्नो जितलाई जनताको जित ठान्ने उनीपार्टी, सिद्धान्त, झन्डा कसैको नराम्रो नहुने तर त्यसको नेतृत्व खराब भयो भनेर देशै डुबाउने ठान्दछन् । उनै चर्चित नेता रामवीरसँग पालिका समयका लागि कमलबहादुर बोहराले गरेको कुराकानीको सम्पादित अंश :

प्रचारप्रसारका क्रममा जनताबाट कस्तो आश्वसनपाउनुभयो त ?
जनताहरुबाट अत्यन्तै राम्रो साथ, सहयोग समर्थन हुने आश्वासनपाएको छु । भोट माग्नजाँदाजनताले हुँदै, दिँदैनौं त भन्दै भन्दैनन्, सबैले हुन्छ, दिन्छु भन्नुभएको छ । मैले यस क्षेत्रमा सामाजिकपदमा धेरै काम गरेकाले जनताको समर्थन चाहीं राम्रो छ । त्यसकारण यहाँकाजनतालाई मलाई भोट दिनुहुन्छ भन्नेमाविश्वत छु ।

त्यो क्षेत्रमा रामवीर मानन्धरसँग सबै डराउँछन् तपाईंसँग त्यस्तो के जादु छ ?
यस क्षेत्रकाजनताले मलाई धेरै सम्मानगर्नुभएको छ । त्योभन्दा धेरै मैले जनताको आत्मासम्मान गरेको छु । यस क्षेत्रमा म वडा अध्यक्षदेखि यहाँसम्मआइपुग्दा कसैले पनि यो मान्छे नराम्रो, भ्रष्टाचारी भनेका छैनन् । जनतामाझ यो मान्छे इमानदार हो, यसले विकास बजेट भ्रष्टाचार गर्दैन भन्ने पुगेको छ । यो ७नम्बर क्षेत्रकाजनताले मलाई असाध्यै विश्वास गर्दछन् । यो क्षेत्रमातपाईं जुनसुकै टोल, वस्ती, शहर, बजारमाजानुहोस् सबैलाई रामवीर मानन्धर एउटा इमानदार नेताहो भनेर चिन्छन् र भन्छन् ।

यसरी जनआकर्षण बटुल्न कस्ता कामगर्नुपर्छ अरुलाई पनिसिकाइदिनुहोस् ?
यहाँउम्मेदवारी दिएकाअन्यउम्मेदवारहरुले एउटा सिन्को पनिभाँचेका छैनन् । न उनीहरुलाई यो क्षेत्रकाजनताले चिन्छन्, न उनीहरुको यहाँजनताकाकाममाकुनै योगदान छ । मैले जुनबेलादेखि राजनीतिकयात्रा सुरु गरेँ त्यो बेलादेखि जनताका सेवागर्दै आएको छु । अहिले पार्टीहरुले कम्पनीखोलेको जस्तो पैसा लिएर टिकट लिने दिने गरेका छन् । पार्टीहरुले टिकट दिँदात्यो मान्छेको क्षेत्रमाकत्तिको योगदान छ । कत्तिको जनताले चिनेका छन् भनेर मूल्यांकननगरी पठाएको छ । म भने यो क्षेत्रकाजनताबीच सुखदुःखबुझेको, समाजसेवा गरेको, जनताबीच घुलमिल गरेका र सामाजिकअभियान्ताभएर धेरै काम गरेकाले मसँग सबै पार्टीका उम्मेदवारहरु डराएकाहुन् जस्तो लाग्छ ।

त्यसोभए काठमाडौं क्षेत्र नं. ७ बाट तपाईंले चुनाव जित्नुहुन्छ हो ?
यहाँबाट मैले जित्ने भनेको जनताले जित्ने हो । यहाँकाआदरणीय जनतासँगविगत ३० वर्षदेखि सेवागर्ने अवसर पाएको छु । उहाँहरुकै सहयोग, सद्भाव र मायाबाट मैले त्यो अवसर पाएको हुँ । यसपटक पनिमलाई विश्वास छ उहाँहरुले आफ्नो मूल्यमतदिएर त्यो अवसर दिनेछन् । उहाँहरुसँग मैले यो मेरो अन्तिम पटक हो भनेको छु, त्यसमामलाई लाग्छ मतदिएर जिताउनुहुन्छ ।

त्यसभएतपाईं आफ्नो जितमा ढुक्क हुनुहुन्छ हो ?
म भन्दापनिमैले जित्नेमाजनता ढुक्क छन् । म जितेर आउँदाजनताखुसीहुने भएकाले पनि मैले जित्छु भनेर ढुक्क भएकाहुन् । त्यसको अन्तिमभनेको मंसिर ४ गते हो । त्यो दिनजनताले भोट हालिसकेपछि ५ गतेबाट त रिजल्ट आउन सुरु भइहाल्छ । त्यसपछि जनताकामायाममता, मैले उहाँहरुबीच गरेका सेवाको रिणाम थाहा भइहाल्छ । त्यसपछि जनताको सेवासँगजोडिने मौका मलाई मिल्छ । पाँचवर्षमाजनताले एकपटक दिनमत रगत, पसिनाभन्दा महत्वपूर्ण हो । त्यसले एउटा जीवनलाई मात्रै होइन देशलाई बदल्ने काम गर्छ । त्यसकारण पनि यो पटक जनताले एकदमै विवेक पु¥याएर मतहाल्नेछन् भन्ने लाग्छ ।

पार्टीदेखि वितृष्णा छ तर त्यहीं पार्टीका कुनै नेतालोकप्रियपनि छन् किन यस्तो हुन्छ ?
संसारको कुनै पनिपानीखानुहुँदैन भन्ने हुँदैन तर फिल्टर गरेपछि खान मिल्छ नि । थुपाथुपापानीले नै समुद्र बन्ने हो । समुन्द्रमापानीगइसकेपछि नुनीलो भएर खराब हुन्छ । त्यसैले खराब भनेको पार्टी हो । कुनैपनि पार्टीको विचार, सिद्धान्त, झन्डा नराम्रो होइन । आजतपाईं हेर्नुहोस् ५० लाख टाउकाको मूख्यतोक्ने र तोकाउनेहरु पाँचदलीय गठबन्धनमा सामेल छन् । यहाँ राजावादी र कम्युनिस्टहरु मिल्छन् ।

एकपटक छातीमा हात राखेर सोच्नुहोस् त नाकाबन्दी गरेको त्यो जसपाभन्ने पार्टीले गरेको हो कि होइन?उनीहरु त अझ काठमाडौंका जनतालाई त पहाडियालाई हामी ठीक पार्छौं भनेर भेगीय नारामाअल्झिएका छन् । अहिले केपीओलीले उनीहरुसँग सहकार्य गरेर अगाडि बढेका छन् । यो मुलुकमा एउटा राजाथिएअहिले धेरै राजाबन्नखोजेका छन् । अहिले केपीओलीले आफूलाई बाभन्नसिकाइरहेका छन् । त्यसैले यो मुलुकमाजहिले पनिविकृति, विसंगतिल्याउन एउटा व्यक्तिको चरित्रले गर्दछ । एकताकाकेशरजंग रायमाझीपनिहाम्रो पार्टीको महासचिवथिएभन्ने सुनेको थिएँ । उनीपनि दरबारभित्र परे ।लेम्डुप दोर्जेले सिक्किमलाई भारतमाविलय गराए । यसरी व्यक्तिको चरित्रले मुलुकलाई डुवाउँछ ।

अन्त्यमा काठमाडौं क्षेत्र नं. ७ का जनतालाई के भन्न चाहनुहुन्छ त ?
यहाँकामतदाताले मलाई राम्रोसँग चिनेका छन् । म यहीँजन्मिएँ, यहीं उर्कीएँ, यहीं मर्ने मान्छे हो । म यहाँको धुलो, माटो, पार्टी, चोक, गल्लीमाहुकिएको हुँ । त्यसलाई मलाई यसपालि घण्टाघर चुनावचिन्हमामतदाता गरेर फेरिपनि एकपटक तपाईंहरुको सेवागर्ने अवसर दिनुहोस् भन्न चाहन्छु । म यसपटक तपाईंहरु समक्षे स्वतन्त्रबाट घण्टाघर चिन्हलिएर काठमाडौं क्षेत्र नं. ७ को चुनावी मैदानमातपाईंहरुसमक्षे आएको छु । तपाईंहरुको एकपटक सेवागर्ने मन छ त्यसैले आगामीमंसिर ४ गते ‘घन्टाघर’ नबिर्सनुहोलाभन्न चाहन्छु ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ९ : ०६ बजे