श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्ने



काठमाडौं । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्ने भएको छ । आयोगले आसन्न मङ्सिर ४ गतेको प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचनको स्थिर समय सुरु हुनुअघि पत्रकार सम्मेलन गर्न लागेको हो ।

स्थिर समय आज राति १२ बजेदेखि सुरु हुनेछ । यस समयमा चुनावी प्रचारप्रसार गर्न पाइँदैन । यसअघि, सो समयलाई ‘मौन अवधि’ भन्ने गरिए पनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई ‘स्थिर समय’ मानिनेछ ।

निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन । यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइए ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’ आयोगले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ११ : २८ बजे