बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

सत्ता गठबन्धनले आज क्षेत्र नं २ मा चुनावी सभा गर्दै



काठमाडौं । सत्तारुढ गठबन्धनले आज काठमाडौंमा चुनावी सभा गर्दैछ ।

गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा आज अन्तिम चुनावी सभा गर्न लागेको हो ।सभा दिउँसो २ बजे कोटेश्वरमा आयोजना गरिएको छ ।

चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर–२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

यही मंसिर ४ मा हुने निर्वाचनका लागि काठमाडौं (२ मा गठबन्धनबाट प्रतिनिधि सभामा पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य घर्ती, प्रदेशसभा (क) मा कांग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुँयाल उम्मेदवार छन् ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ११ : १९ बजे