बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

काठमाडौं २ मा कुन्ती पोख्रेलको चर्चाले माओवादी काहालियो



काठमाण्डौं । गठवन्धनबाट चुनाव लडेको माओवादी यतिवेला काठमाण्डौं उपत्यकामा तनावमा परेको छ । काठमाण्डौंका दस मध्ये २ स्थानमा उम्मेदवारी दिएको माओवादीलाइ चुनावी प्रचारको अन्तिम दिनमा पुग्दा चुनाव जितिन्न कि भन्ने पिरले सताउन थालेको छ । वरु स्वतन्त्र उम्मेदवारको चर्चा हुने तर काठमाण्डौं २ मा उठकी ओनसरी घर्ती र काठमाण्डौं ९ बाट उठेकी कल्पनाको सामान्य चर्चा समेत हुन नसकेपछि माओवादी आत्तिएको हो

काठमाण्डौं २ मा ओनसरी निकै मेहनत गरेर जनतालाइ मनाउन कोशिश गरेपनि उनको भन्दा स्वतन्त्र उम्मेदवार शोभिता गौतम र राप्रपा उम्मेदवार कुन्ती पोखरेलको चर्चा हुन थालेपछि उनी तनावमा परेकी हुन । र,यहि क्षेत्रमा प्रदेशसभा जितेर अहिले प्रतिनिधिसभा जित्न तल्लिन रहेका एमालेका उम्मेदवार मणिराम फुयालको ख्यातिले पनि उनी तर्सिएकी छिन । यहि हालत काठमाण्डौं ९ कि कल्पना धमलाको रहेको छ । पहिलो पटक यो क्षेत्रमा चुनाव लडेकी धमलालाइ कृष्णगोपाल श्रेष्ठलाइ हराउनु सजिलो कुरा छैन ।

र,यस क्षेत्रमा क्रमश स्वतन्त्र उम्मेदवार मिलन पाण्डेले ख्याति कमाउन थालेपछि उनी झन आत्तिएकी छिन । पहिलो पटक चुनाव लडेकी,महिला र माओवादीको कम मात्र मत हुदा उनी चिन्तित छिन । यसका अतिरिक्त माओवादीकै कतिपय उम्मेदवार असन्तुष्ट भएर चुनावी अभियानमा नहिडेपछि उनी अक पुर्णत कांग्रेसको भर परेकि छिन ।

काठमाण्डौंका दुवै क्षेत्रमा आयातित उम्मेदवार ल्याएको भनेर जिताउन सकिन्न भन्दै कांग्रेसका नेताहरु विच्किएको देखिन्छ । यता माओवादीकै हिमाल शर्मा जस्ता युवा नेताहरु पनि यी चुनावी सभामा एकपटक पनि पाइला टेकेका छैनन । आफुलाइ टिकट नदिइ पार्टी नेतृत्वले अपमान गरेको महशुश गरेकाले माओवादी नेताहरु यी दुवै क्षेत्रमा प्रवेश गरेका छैनन । यसका वावजुद यसलाइ कसरी जितमा परिणत गर्ने भनेर नया रणनीति वनाउन माओवादी उम्म्मेदवार तल्लिन रहेको वुझिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ११ : ०९ बजे