चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

नेपाल–चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा तुलाधर



काठमाडौं । नेपाल-चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले त्रिभुवनधर तुलाधरलाई अध्यक्षमा पुनःर्निर्वाचित गरेको छ । हालै राजधाानीमा सम्पन्न सभाले तुलाधरको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यसैगरी संघको निवर्तमान अध्यक्षमा राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा राजुबाबु श्रेष्ठ तथा उपाध्यक्षद्वयमा महेश्वर श्रेष्ठ र महेश शर्मा ढकाल रहेका छन् । त्यस्तै संघको महासचिवमा विवेक पौडेल, कोषाध्यक्षमा विजय मुल्मी, सचिवद्वयमा निरञ्जन तिवारी र रुक्मिणी पौडेल निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा विजय श्रेष्ठ, विक्रम पाण्डे, ज्ञानेन्द्ररत्न तुलाधर, हेमन्त अग्रवाल, ह्वाङ इर्डोङ, कुमार दाहाल र पवित्र घर्ती मगर रहेका छन् । यस्तै, पासाङ नुर्बु, पशुपतिभक्त श्रेष्ठ, रमेश शेर्पा, शितल शर्मा, स्कन्द अमात्य, सोवित उप्रेती, सिन चेन चेन, यमुना श्रेष्ठ र झाङ शाओई निर्वाचित भएको संघले जनाएको छ ।

संघका नवनिर्वाचित अध्यक्ष तुलाधरले नेपालको बढ्दो व्यापार घाटा कम गर्दै पर्यटन तथा लगानी प्रवर्द्धनका क्षेत्रमा सक्रियतापूर्वक काम गर्ने प्रतिवद्धता जनाए । उनले चीनसँगको सीमा नाका नियमित र पूर्ण क्षमतामा सञ्चालनका लागि संघले पहल गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ३ : ३४ बजे