२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

दोलखामा गठबन्धनलाई हाई–सन्चो : तिनै उम्मेदवार ग्रीन सिग्नल



काठमाडौं । आगामी मंसिर ४ हुने आमनिर्वाचनको माहोल देशैभर तातिएको छ । त्यसैमेसोमा दोलखाबाट प्रतिस्पर्धा गरिरहेका उम्मेदवारले पनि आ–आफ्नो प्रचारप्रसारलाई तीब्रता दिएका छन् । चुनावी प्रचारको माहोल हेर्दा दोलखामा लोकतान्त्रिक–बाम गठबन्धनको जित सुनिश्चित जस्तै देखिएको छ ।

एउटा मात्र संघिय निर्वाचन क्षेत्र रहेको दोलखामा वैशाखमा सम्पन्न स्थानीय निर्वाचनले गठबन्धनका सबै उम्मेदवार ग्रीन जोनमा देखिएका छन् भने एमालेका उम्मेदवारलाई संकट देखिएको छ । एमाले हाल फुटसहित एक्लिएको छ भने माओवादी, कांग्रेस र एकीकृत समाजवादी एकै गठबन्धनमा छन् । जिल्लाका ९ मध्ये ७ पालिकामा यो गठबन्धनको नेतृत्व छ । फुटेको एमालेभित्र पनि गुट÷उपगुट छन् ।

स्थानीय निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन लागि पर्ने एमालेका उम्मेदवारलाई अन्तरघात दोहोरिने चिन्ता छ । दोलखाको प्रदेशसभा ‘क’ मा जिरी नगरपालिकासहित तामाकोशी, बैतेश्वर, मेलुङ्ग र गौरीशंकर गाउँपालिका रहेका छन् । ५ पालिका मध्ये जिरी र मेलुङ्ग एमालेले जितेको छ भने बैतेश्वर कांग्रेस, गौरीशंकर माओवादी र तामाकोशी समाजवादीले जितेका छन् ।

त्यसैगरि प्रदेशसभा ‘ख’ मा जिल्ला सदरमुकाम रहेको भिमेश्वर नगरपालिकासहित कालिन्चोक, शैलुङ्ग र बिगु गाउँपालिका रहेका छन् । ४ पालिका मध्ये बिगु र शैलुङ्ग माओवादीले जितेको छ भने भिमेश्वर र कालिन्चोक कांग्रेसले जितेको छ । ९ वटै पालिका प्रमुखको मतलाई आधार मान्ने हो भने गठबन्धनसँग ५१ हजार ५७२ मत ९कांग्रेस २२५००, माओवादी १८६६८ र समाजवादी १०४०४० रहेको छ भने एमालेको ३९ हजार ३२० मत रहेको छ ।

पालिका प्रमुखको मतलाई कट अफ पोइन्ट मान्दा एमाले गठबन्धन भन्दा १२ हजार २५२ मत पछाडी छ । स्थानीय तहमा वडा अध्यक्षले पाएको मतलाई आधार बनाउने हो भने गठबन्धनसँग ५३ हजार ९६५ मत ९कांग्रेस ३३४३९, माओवादी १७३७५ र समाजवादी ३१५१० रहेको छ भने एमालेको ३९०५० मत रहेको छ । वडा अध्यक्षको मतलाई कट अफ पोइन्ट मान्दा एमाले गठबन्धन भन्दा १४९१५ मत पछाडी रहेको छ ।

वडाअध्यक्षमा राप्रपाको पनि १५११ मत रहेको छ । हाल ग्रीन जोनमा रहेको सत्ता गठबन्धनबाट संघमा माओवादी केन्द्रका गंगा कार्की ९विश्व०, प्रदेश ९क० मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेश ९ख० मा कांग्रेस कै बर्मा लामा उम्मेदवार छन् । एमालेबाट बालकृष्ण शिवाकोटी संघिय उम्मेदवार छन् । उनलाई एमाले भित्रै आनन्द पोखरेलको टिकट खोसेको आरोप छ । प्रदेश क मा नरबहादुर श्रेष्ठ उम्मेदवार छन् भने प्रदेश ख मा भरत केसी उम्मेदवार छन् ।

भरत केसी स्थानीय निर्वाचनमा मेयरको टिकट हरिवंश चौलागाईंबाट खोसिएका व्यक्ति हुन् । चौलागाईं आनन्द कै गुटका हुन् । चौलागाईंको आन्तरिक टिमले केसीले अन्तर्घात गरेर चुनाव हराएको आरोप लगाउँदै आएको छ । उता आनन्दको पनि टिकट खोसिएपछि यो समूह पुरै असन्तुष्ट छ ।

पालिका अध्यक्षले पाएको मतलाई आधार मान्दा प्रदेश ९क० मा गठबन्धनको २७०९१ मत छ भने एमालेको १८५१३ मत छ, यो आधारमा गठबन्धन एमाले भन्दा ५७ मत अगाडीको स्थितिमा छ । यता प्रदेश ९ख० मा गठबन्धनको मत २४२८१ छ भने एमालेको जम्मा २०८०७ छ । प्रदेश ९ख० मा पनि गठबन्धनको मतान्तर एमाले भन्दा ३४७४ रहेको छ

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ११ : ५३ बजे