श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा मेयरलाई जरिवाना



काठमाडौं । बाराको पचरौता नगरपालिकाका मेयर जलन्धर सिंह जैसवाललाई २५ हजार रुपैयाँ नरिवाना तोकेको छ । मेयर जैसवालविरुद्ध बार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका कार्यक्रम गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको थियो ।

उक्त उजुरी परेपछि निर्वाचन आयोगले आचारसंहिता उल्लंघन भएको ठहर गर्दै मेयर जैसवारलाई २५ हजार रुपैयाँ जरिवाना तोकेको हो । त्यसैगरी मेयर जैसावाललाई नगरपालिकाको तलब भत्ता एवं प्रशासनिक खर्चबाहेक अन्य रकम निकास नगर्न पनि कोष तथा लेखा नियन्त्रण कार्यालयलाई पत्रचार गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १० : ५६ बजे