चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

मध्यराति नाइट क्लब पुगे एमाले अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्यरातमा ठमेलको एलओडी क्लबमा पुगेका छन ।

अध्यक्ष ओली शुक्रबार मध्यरातमा ठमेल स्थित एलओडी क्लब पुगेर युवा पुस्तालाई मन पर्ने रÞ्याप गीत सार्वजनिक गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागिचुनावी अभियानमा व्यस्त रहेका ओली एलओडी पुगेर ओलीले आफ्नो नाममा बनेको ¥याप गीत ‘सहर सहरमा ओली’ समेत सार्वजनिक गरेका छन् ।

उनले आफ्नो फेसबुकमा ‘युवामाझमा आज युवाहरूलाई मन पर्ने नया‘ रÞ्याप गीत सार्वजनिक गरियो।’ स्टाटस लेखेर तस्बिर सर्बजनिक गरेका छन् । केपी ओलीका बारेमा बनाइएको ¥याप गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो। शुक्रबार नै ‘केपी बा’ नाम दिइएको अर्को ¥याप गीत पनि सार्वजनिक भएको थियो । ओलीले क्लबमा करिब ४० मिनेट बिताएका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १० : २५ बजे